आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको लप्ची क्षेत्रबाट २२ जनाको उद्धार

बिहीबार, ०३ असार २०७८, २२ : २९
बिहीबार, ०३ असार २०७८

जिल्लाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट  लामाबगर फर्किँदै गरेका २२  जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो । 

बिगु गाउँपालिकाका  उपाध्यक्ष सञ्जीव ओलीको  अगुवाईका  डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय  सिंगटीका  प्रहरी निरीक्षक  सुशील केसीले बताए  । उनले माथिल्लो  तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको  माथिल्लो भागमा आउने  छाँगोबाट  आउन  नसकेपछि  १२  पुरुष  र १०  महिलाको डोरी लगाएर  उद्धार गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप