नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी
नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।
नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको प्रवाह रोकिएको जनाइएको छ । सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ ।
सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजग रहन, कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान हुन अनुरोध छ ।’ साथै स्थानीय तहका अधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण