राप्रपाको २५ सदस्यीय विशेष समितिमा धवल शमशेर अटाएनन् !
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार गठन गरेको २५ सदस्यीय केन्द्रीय विशेष समितिमा पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश गरिएको छैन । पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् ।
पार्टीका शीर्ष नेताहरुको प्रतिनिधित्व रहनेगरी विशेष समिति बनाइएको भएपनि राणालाई समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ । राप्रपाका एक नेताले राणाले अध्यक्ष कमल थापा लगायत नेतृत्वको कार्यशैलीको विरोध गरेकै कारण नियतवश विशेष समितिमा नराखिएको आरोप लगाए ।
विशेष समितिमा कमल थापासहित पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी, उद्दब पौडेल, गणेश शेरचन, जयन्त चन्द, ठाकुरप्रसाद शर्मा, तोरणबहादुर गुरूङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधान सदस्य, नवराज सुवेदी, निरञ्जन थापा, निलकण्ठ काफ्ले, बिक्रम पाण्डे, बिक्रमबहादुर थापा, बुद्धिमान तामाङ, भास्कर भद्रा, भुवन पाठक, राजीव पराजुली, राजेन्द्र लिङ्गदेन, रामचन्द्र राय, रोशन कार्की, सुशीलकुमार श्रेष्ठ, श्यामप्रसाद तिमिल्सिना र हरिबहादुर बस्नेत रहेका छन् ।
पार्टीले गठन गरेको केन्द्रीय निर्देशन समितिमा चाहिँ नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणालाई राखिएको छ । विशेष समिति पार्टी सञ्चालनको शक्तिशाली कमिटीमा मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
