कर्णालीमा थप ३६४ जनाले जिते कोरोना
आइतबार, ०६ असार २०७८, १७ : २५
कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थामा निरन्तर कमी आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भइरहँदा ३७ जना संक्रमित थपिएका छन् । २६९ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आज कर्णालीमा आरटी–पीसिआर परिक्षण र संक्रमितको संख्या शून्य रहेको छ ।
यस्तै प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ८४८ मा झरेको अवस्था छ । प्रदेशभर हालसम्म २३ हजार ९५१ जनाले कोरोना जितेको अवस्था छ । आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको अवस्था छ । मृत्यु हुनेमा एकजना सुर्खेत र एक जना दैलेखको रहेका छन् । मृत्यु हुनेको संख्या जम्मा ३९९ पुगेको छ । विशेषगरी आज रुकुम पश्चिम, जाजरकोट र मुगुमा धेरै संक्रमित रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण