कर्णाली प्रदेश सभा : एमालेको आन्तरिक विवादका कारण बैठक बस्न सकेन
बजेटमाथि छलफल गर्न आइतबार बस्ने भनिएको कर्णाली प्रदेशमा प्रदेशसभाको बैठक बस्न सकेन । आइतबार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठक प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक विवादलाई कारण देखाउँदै सूचना टाँस गरी स्थगित गरिएको हो ।
प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले भने, ‘आज बस्ने भनिएको थियो । तर, बस्न सकेन । ८ गते दिउँसो दुई बजे बस्ने गरी सूचना टाँस गरिएको छ ।’ तर, स्थगित गरिएको कारण भने उनले खुलाउन चाहेनन् ।
तथापि, एमालेले बजेट माथिको छलफल हुनु पुर्व नै रातो किताब निकाल्नुपर्ने माग राखेको छ । यस्तै सरकारमा रहेका एमाले माधव समुहका तीन जना मन्त्रीको विषयलाई लिएर पनि केही असहजता भएको स्रोतको भनाइ छ । उपसभामुख पुष्पा घर्तीले भनिन्, ‘प्रतिपक्षले आफ्नो सांसदहरुको कुरा उठाएको छ । त्यसमा प्रदेशसभा सचिवालयले केही गर्न मिलेन । हामीले सर्वोच्च अदालतको निर्णय अनुसार संसदमा बस्ने सिटको व्यवस्था गरिदिएका छौँ ।’ सर्वोच्च अदालतले चारैजना सांसदको सांसद पद पुनर्बहाली गरिदिएपछि चारैजनालाई प्रतिपक्षको सिटको व्यवस्थापन गरिएको छ । तर, प्रकाश ज्वाला बाहेक तीन जना मन्त्री उक्त, सिटमा बसेका छैनन् । ज्वाला असार १ गतेको नीति तथा कार्यक्रमम पास हुने समयका प्रतिपक्षको सिटमा बसेका थिए । तर, सो बैठकमा तीनै जना मन्त्री सहभागि नै नबनेर नीति तथा कार्यक्रम बहुमतले पारित गराएका थिए ।
प्रतिपक्षी दलले सरकारमा रहेका तीन जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फकाउने प्रयास गरिरहेको छ। तर, तीनै जनाले तत्काल फिर्ता नहुने बताइसकेका छन् ।
उनीहरुले एमाले संसदीय दलको बैठकमा समेत सहभागि बनेका छैनन् भने दलका नेता यामलाल कँडेलको निर्देशन ठाडै अस्वीकार गरिदिएका छन् । यतिमात्र हैन एमाले संसदीय दलको निर्णयलाई अवैधानिक भएको उनीहरुको दावी छ ।
तीन जना मन्त्री सत्तामा हुँदा एमाले पनि सत्ता साझेदारी दलको रुपमा रहन्छ । तर, एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहने भएकाले तीन जनालाई मन्त्री पदबाट राजीनामा दिन भनिरहेको छ ।
उपसभामुख घर्ती भन्छिन् ,‘उहाँहरुलाई फर्काउने, आफ्नो दलको निर्णय गर्ने जिम्मेवारी उहाँहरुको हो । हामीले गर्ने काम गरिदिएका छौँ । रातो किताबको कुरा जहाँ छ त्यो सत्ता पक्षले तयार गरिरहेको छ ।’
स्रोतका अनुसार सत्तापक्षले ढिलै भएपनि असार १० गते सम्म रातो किताब ल्याइसक्ने गरी तयारी थालेको छ । तर, विपक्षले रातो किताब नआउन्जेल सदन चल्न नदिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण