पत्रकार मृत्यु प्रकरण : दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन
आइतबार मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएका सुर्खेतका पत्रकार खिमप्रसाद पोखरेलका आफन्तले जिल्ला प्रहरी कार्यालय र पिपिराचोकमा प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।
सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा आइतबार नै मृत्यु भएको हो ।

वीरेन्द्रनगरतर्फ आउँदै गरेका पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाइकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकार (डिएसपी) रामप्रसाद घर्तीले दोषीलाई हिरासतमा राखिएको रातोपाटीलाई जानकारी दिए । पत्रकार पोखरेल राष्ट्रिय सञ्चार अनलाइनका सम्वाददाता हुन् । पीडित पक्षले पिपिरा चोकमा टायर बालेर प्रदर्शन गरेको छ भने जिल्ला प्रहरी कार्यालय अगाडि पनि नाराबाजी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण