कोपा अमेरिकामा अर्जेन्टिना क्वाटरफाइनलमा
कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लगातार दोस्रो खेल जितेको छ । यस जीतसँगै समूह एको शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले अन्तिम खेलअघि नै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । समूह एको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको हो । अर्जेन्टिनाबाट अलेस्यान्द्रो गोमेजले निर्णायक गोल गरे । खेलको १० औं मिनेटमा एन्जेल डि मारियाको पासमा उनल गोल गरेका हुन् ।
खेलमा धेरै अवसर सिर्जना गरेपनि लियोनल मेसी र सर्जियो अग्वुइरो गोल गर्नबाट चुके । प्रतियोगिताअन्तर्गत मंगलबार समूह एकै खेलमा चिलीले बोलिभियालाई १–० ले हरायो । चिलीका लागि एन्टोनी बीरेरेटनले निर्णायक गोल गरे ।
समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ । त्यस्तै, दोस्रो स्थानको चिलीको ५, तेस्रो स्थानको पाराग्वेको ३, चौथो स्थानको उरुग्वेको १ र पुछारको बोलिभियाको शून्य अंक छ । पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा उरुग्वेलाई हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालो बोलिभियाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण