मेसीले बनाए नयाँ कीर्तिमान
कोपा अमेरिका फुटबल अन्तर्गत लियोनल मेसीले पाराग्वे विरुद्धको खेलमा गोल गर्न सकेनन् । एन्जेल डि मारियाको पासमा अलेस्यान्द्रो गोमेजले अर्जेन्टिनाबाट निर्णायक गोल गरे । तर, रेकर्ड भने कप्तान मेसीको नाममा रह्यो । उनले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बराबरी गरेका हुन् । अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा मेसीको यो १ सय ४७ औं अन्तर्राष्ट्रिय खेल हो । पूर्व कप्तान जाभियर मास्चिरानोले पनि यति नै खेल खेलेका छन् ।
यो किर्तिमान पछि मेसीलाई मास्चिरानोले बधाई दिएका छन् । ‘अर्जेन्टिनाका लागि कीर्तिमानी खेल खेलेकोमा लियोलाई बधाई !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अर्जेन्टिनाको इतिहासमा केवल ६ खेलाडीले मात्रै १ खेलको कोशेढुंगा पार गरेका छन् । अहिले सक्रिय खेलाडीमध्ये मेसी र डि मारियासँगमात्र १ सयभन्दा धेरै खेलको अनुभव छ ।
अर्जेन्टिनाबाट मेसी र मास्चिरानोले १ सय ४७, जाभियर जेनेट्टीले १ सय ४३, रोबर्टो आयलाले १ सय १४, एन्जेलडी मारियाले १ सय ७ र डिएगो सिमोनीले १ सय ३ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण