बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
बुधबार, ०९ असार २०७८, १९ : ३५
सप्तरी प्रहरी र अदालतको टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा बस्ने युसुफलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । सोही ठाउँका हमिदको जाहेरीले आरोपित माथिको बैंकिङ्ग कसुर ठहर गर्दै उच्च अदालत जनकपुरले गत चैत १९ गते दश दिन कैद र सात लाख रुपैंया जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोलीले गाउँघरमै लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताए । अदालतले अभियुक्तलाई कैद÷जरिवाना भुक्तानका लागि आजै राजविराज कारागार कार्यालय पठाएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण