स्रोत नखुलेको सुनसहित २ जना पक्राउ
बुधबार, ०९ असार २०७८, २२ : २५
प्रहरीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेस क्याम्प गोलबजार र जिल्लाको टोलीले गोलबजार नगरपालिका ४ बाट लक्ष्मीपुर पतारी गाउँपालिका ४ का जीवछकुमार मण्डल र मो साउद्दिन खानलाई दुईसय ग्राम सुनसहित पक्राउ गरेको हो ।
प्रहरीलाई देखेर झोला फालेर भागेपछि उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारका प्रमुख इन्सपेक्ट श्यामबाबु यादवले जानकारी दिए । झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिई खोजतलास गर्दा सुन फेला परेको यादवले बताए । सुनसहित दुवैजनालाई जिल्ला भन्सार कार्यालय खयरटोका भन्सार कार्यालयमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण