वर्षायाम कटाउन नौ हजार क्विन्टल चामल माग
वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
गाउँपालिकाले घाटस्थित डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल चामल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटलाई आग्रह गरिएको अध्यक्ष शाहले बताए ।
बारेकोटमा अघिल्लो वर्ष गएको बाढी र पहिरोले व्यापक क्षति भएपछि यहाँका सर्वसाधारण समस्यामा पर्दै आएका छन् । खेतीयोग्य जमीनमा व्यापक क्षति हुँदा यो वर्ष उत्पादनमा समेत गिरावट आएको थियो ।
बारेकोट–४ का ७३ घरधुरी यो वर्षामा पनि अघिल्लो वर्ष वितरण गरिएका पाल टाँगेर सुरक्षित ठाउँमा बसिरहेका छन् । मकै लगाएको खेतबारीमा बाढीपहिरोले भारी क्षति गर्दा खाद्यान्न सङ्कट परेको बारेकोट–५ का जनकबहादुर शाहीले बताए । यो वर्ष मात्र सडक सञ्जालमा जोडिएको बारेकोटमा वर्षायाममा पहिरो जाँदा तथा खोलामा पानी बढ्दा अवरुद्ध हुने गर्दछ ।
कच्ची कटान र कमजोर माटोको कारण बारेकोटको सडक सजिलै अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुनुअगावै बारेकोटमा खाद्यान्न ढुवानी कार्य पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो । त्यस्तै अघिल्लो वर्ष छियाछिया भएको जमीन यो पटकको वर्षामा पनि जोखिम कायम रहेकाले सर्वसाधारणलाई सुरक्षित ठाउँमा बस्न गाउँपालिकाले आग्रह गरेको छ । बाढी रपहिरोबाट हुनसक्ने क्षतिको उद्धारका लागि गाउँपालिकाले वीरेन्द्र हिमालय माध्यमिक विद्यालय लिम्सामा अस्थायी ब्यारेक निर्माण गरी २० जना सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई राख्न पहल शुरु गरेको बताएको छ ।
जनताको जिउधनको सुरक्षाका साथै उद्धार तथा राहत वितरणमा सहजता ल्याउन अस्थायी ब्यारेक बनाई उच्च सतर्कताका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ । जिल्लाको दुर्गम गाउँपालिकामध्ये बारेकोट पनि एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण