कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
काठमाडाैँ । कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । इरान र अमेरिकाबिच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटना भएका हुन् ।
कुवेतको सेनाले आक्रमणकारी ड्रोनहरू अवरोध गरी निस्तेज पारिएको जनाएको छ । सेनाले उक्त घटनालाई ‘इरानको आक्रामक गतिविधि’को परिणाम भन्दै निन्दा गरेको छ ।
बहराइनको सेनाले पनि इरानबाट गरिएका धेरै हवाई आक्रमणलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरिएको जनाएको छ ।
यसअघि बुधबार बिहान बहराइनको गृह मन्त्रालयले क्षेप्यास्त्र तथा हवाई आक्रमणको चेतावनी साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
यसैबिच इरानको सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्य तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी छुट्टाछुट्टै आक्रमण गरेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण