गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा
बिहीबार, १० असार २०७८, १५ : ०३
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए । सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ ।
विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका पनि बताइएको छ। यसअघि पनि मुख्यमन्त्री शाहीलाई पटक–पटक कालोझण्डा देखाउने गतिविधिहरु भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण