सुर्खेतमा फेरि थपियो निषेधाज्ञा
सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए ।
कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो । थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाकुँडाका पसलसँगै पुस्तक, स्टेशनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।
यसैगरी बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू गर्ने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए । मानिसहरूको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमा हल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण