समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि....
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल गर्दै इरानी फुटबलर अली देईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो सफल भएका छन् । यस खेलमा उनले दुबै गोल पेनाल्टीमार्फत गरेका थिए । दोस्रो पेनाल्टीमार्फत खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि रोनाल्डोको खुसीको सीमा थिएन । तर, खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरे । उक्त खेल बराबरी भएसँगै ४ अंक बटुलेको पोर्चुगल दोस्रो चरणमा छनोट भएको छ ।
रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा टेबुलमा राखिएका कोकाकोलाका बोतल हटाएका थिए । त्यसपछि पानीको बोतल उठाउँदै उनले सबैलाई पानी पिउन प्रेरित गरे । यस घटनाको भोलिपल्ट कोकाकोला कम्पनीको मार्केट भ्यालु ४ अर्ब अमेरिकी डलरले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण