बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि....

बिहीबार, १० असार २०७८, १७ : ३३
बिहीबार, १० असार २०७८

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल गर्दै इरानी फुटबलर अली देईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो सफल भएका छन् । यस खेलमा उनले दुबै गोल पेनाल्टीमार्फत गरेका थिए । दोस्रो पेनाल्टीमार्फत खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि रोनाल्डोको खुसीको सीमा थिएन । तर, खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरे । उक्त खेल बराबरी भएसँगै ४ अंक बटुलेको पोर्चुगल दोस्रो चरणमा छनोट भएको छ ।

रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा टेबुलमा राखिएका कोकाकोलाका बोतल हटाएका थिए । त्यसपछि पानीको बोतल उठाउँदै उनले सबैलाई पानी पिउन प्रेरित गरे । यस घटनाको भोलिपल्ट कोकाकोला कम्पनीको मार्केट भ्यालु ४ अर्ब अमेरिकी डलरले घटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप