केएमसीले यौनकर्मी, एचआइभी पीडित र अनाथको निःशुल्क उपचार गर्ने
काठमाडौं मेडिकल कलेज (केएमसी) ले यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने जनाएको हो ।
घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा। सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन् ।
केएमसीले अब माइती नेपालको सिफारिसमा यौनकर्मी, एचआइभी पीडित तथा सयौं अनाथहरूको निःशुल्क उपचार गर्नेछ र यो सेवा माइती नेपालमा आबद्ध भएका सबै समुदायका लागि उपलब्ध हुने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने ।
काठमाडौं मेडिकल कलेजले वार्षिक ५० लाख बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिने शर्माले बताए । शर्माका अनुसार केएमसीले औषधीबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरूको उपचार तथा पुनःस्थापनामा काठमाडौं मेडिकल कलेजले देखाएको तत्परता अनुकरणीय भएको बताइन् ।
राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विस्वास कोइरालाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ