सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट पनि विगतका वर्षहरू झैँ कर्मकाण्डी भएको विश्लेषकहरूको भनाइ छ। बजेटको प्रारम्भिक विश्लेषण गर्दा जनतामा उत्साह र आशा जगाउने ठोस तथा दूरदर्शी योजना समावेश नभएको भन्दै आलोचना भइरहेको छ।
बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका पारम्परिक क्षेत्रहरूमा सामान्य विनियोजन गरिएको छ, तर तिनको कार्यान्वयन पक्षमा विश्वास जगाउने अवस्था छैन। सुदूरपश्चिमजस्तो पिछडिएको क्षेत्रको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्नेमा त्यसतर्फ गम्भीर ध्यान नदिइएको विज्ञहरूको ठहर छ।
विकास योजनाहरूको दोहोरो सूची, भौतिक संरचना निर्माणमा मात्र केन्द्रित सोच, र समावेशी कार्यक्रमको अभावले बजेटलाई कर्मकाण्डी बनाएको विश्लेषणहरू आइरहेका छन्। समाजमा वास्तविक परिवर्तन ल्याउन सक्ने कार्यक्रमहरूको स्पष्टता नहुनुमा नीति निर्माण तहमा दिगो सोच राख्ने नेतृत्वको अभाव देखिएको छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, देश र प्रदेशको अवस्था निरन्तर जस्तो को तस्तै हुनुमा जनताले सही नेतृत्व छनोट गर्न नसक्नु पनि एक प्रमुख कारण हो। बारम्बार परीक्षण भइसकेका असफल पात्रहरूमै भरोसा गरिरहँदा परिवर्तनको अपेक्षा गर्नु भ्रम मात्र हो।
जनस्तरमा निराशा छाउँदै जाँदा प्रदेश सरकारप्रति विश्वास गुम्दै गएको देखिन्छ। स्थानीय स्तरका केही कार्यक्रमहरू सकारात्मक भए पनि तिनको पहुँच सीमित हुनु, र पारदर्शिताको अभावले ती कार्यक्रमको प्रभाव न्यून देखिन्छ।
यसरी हेर्दा, सुदूरपश्चिमको यस वर्षको बजेट पनि कागजी योजनाको सङ्कलनमा सीमित हुने डर बढेको धेरैले टिप्पणी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण