मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् पहिलो चरणको निर्वाचनमा केन्द्रमा टिकट पाउने दुई भाग्यमानी महिला

आइतबार, ०५ कात्तिक २०७४, १५ : ५५
आइतबार, ०५ कात्तिक २०७४

काठमाडौं–पहिलो चरणको निर्वाचन आगामी मंसिर १० गते हुँदैछ । प्रतिनिधिसभाको लागि पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रकमा आज हुँदै छ । तर प्रमुख राजनीतिक दलहरुबाट पनि महिलाको संख्या न्यून देखिएको छ । 

समावेशीका कुरा जति गरेपनि प्रत्यक्ष निर्वाचनमा महिलाहरुलाई टिकट नदिनुले अहिलेपनि हाम्रा राजनीतिक दलहरुमा रहेको पुरुष मानसिकता धेरै देखिन्छ । 

पहिलो चरणको प्रतिनिधि सभाकोलागि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीकेन्द्रबाट ७२ जना पुरुष र २ जना महिला उम्मेदवार छन् ।

माओवादीको तर्फबाट रुकुम पूर्वबाट कमला रोका उम्मेदवार छिन् । नेपाली काँग्रेसको तर्फबाट बाग्लुङ १ बाट चम्पादेवी खडका छिन् । यी दुई बाहेक तीन दलबाट अरु सबै  पुरुष उम्मेदवार छन् । 

कमला रोका माओवादी जनयुद्धकि लडाकु हुन् । पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद समेत रहेकी  रोका बाबुराम भट्टराइको प्रधानमन्त्री हुँदा  खेलकुद मन्त्री भएकी थिइन । 

चम्पादेवी खडका बाग्लुङका काँग्रेसी नेता तथा पूर्व सभासद्  हरि खडकाकी श्रीमति हुन् । खड्काको २०७१ सालमा जिप दुर्घटनामा मृत्यु भएको थियो । खडकाको मृत्युपछि उपनिर्वाचनमा काँग्रेसले उनकी धर्मपत्नी चम्पादेवीलाई टिकट दिएको थियो ।

खडकाले उपनिर्वाचनमा १७१५४ मत ल्याएर विजयी भएकि थिइन् । हाल उनी देउवा सरकारकी सहकारी तथा गरीबी निवारण राज्य मन्त्री हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप