आन्दोलनमा उत्रिएका सब इन्जिनियरहरु पक्राउ
करार अवधि सकिन लागेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका सब इन्जिनियरहरूले सडक प्रदर्शन गरेका छन् । सेवा अवधि थप गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।
करार अवधि नथप्न खोजेको र सेवाबाट हटाउन लागेको उनीहरुको आरोप छ । बबरमहलदेखि माइतीघरसम्म सडक प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेको शिक्षा इकाइले कर्मचारीको करार अवधि थप्ने प्रक्रियामा रहेको जनाएको छ । सो इकाईका सूचना अधिकारी प्रकाश महर्जनले यही असार मसान्तसम्म करार अवधी रहेकोमा पुनर्निर्माण प्राधिकरण रहने अवधिसम्म करार थप्ने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘हामीलाई दवाव दिनका लागि आन्दोलन गरिएको होला । हामीले करार अवधि थप्ने तयारी गरिरहेका छौँ । प्राधिकरण रहेसम्म हामीले काम गर्ने हो । प्राधिकरण नै नरहेपछि उनीहरुको करार त्यसैपनि सकिहाल्छ । करार नथप्ने हो कि भनेर चिन्ता मान्नुपर्ने अवस्था छैन् ।’ पुनःनिर्माण प्राधिकरण अन्तर्गत विद्यालय क्षेत्रको पुनर्निर्माणमा २ सय हाराहारी सब इन्जिनियर रहेको र सबैको करार थप हुनसक्ने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण