बाढी प्रभावित खोपको पहिलो प्राथमिकतामा
स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाभाइरस (कोभिड—१९ं) विरुद्धको खोप पहिलो प्राथमिकतामा राखेको बताएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री श्रेष्ठले बाढी÷पहिरोबाट विस्थापित समुहमा बस्दा जोखिम उच्च हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा बताएका हुन् ।

यस्तै खोप आयातमा नेपाल चाडै सफलता हात पर्ने उनले बताए । आगामी वर्षभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने उनले जिकिर समेत गरे । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको तेस्रो लहरसँग जुध्नका लागि सरकारले पूर्वतयारी गरिरहेको समेत सुनाए । तेस्रो लहरसँग जुध्नका लागि ६०० आईसीयू बेड, १८० भेन्टिलेटर, अक्सिजन प्लान्ट थप्ने तयारी गरेको बताए । संक्रमित बालबालिकाका लागि २५० वटा आईसीयू बेड २ महिनाभित्र थप्ने समेत उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण