झापामा ब्राउन सुगरसहित २ जना पक्राउ
जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका प्रशान्त बिक्रम थापा र झापा गाउँपालिकाका विशाल मर्डी रहेको प्रहरीले जनाएको छ ।
थापालाई गएराती साढे १२ बजे बाह्रदशी गाँउपालिका २ जनता बजारबाट पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ मे ८ प १६४ नम्बरको मोटरसाईकलमा आउँदै गरेका २७ वर्षीय थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै आज बिहान १० बजे झापा गाँउपालिका २ बाट ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय मर्डीलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्राम फेला पारेको थियो । पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण