ओली समुहको प्रतिकारका बीच जनकपुरधाममा विद्यार्थीहरूद्वारा प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिदैँ संयुक्त विद्यार्थी संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । ओलीको प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ संगठनहरुले संयुक्तरुपमा शनिबार जनकपुरधाममा नगर प्रदर्शनसँगै नाराबाजी समेत गरेका हुन् ।

जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नाराबाजी गरेका थिए । सो क्रममा नेकपा एमालेको ओलीनिकट राष्ट्रिय युवा धनुषाले भने विद्यार्थीहरुले गरेको प्रदर्शनको प्रतिकारमा उत्रेका थिए । प्रधानमन्त्री ओलीको आलोचना गरेको भन्दै युवाहरुले विद्यार्थीहरुले गरेको प्रदर्शनमाथि प्रतिकारको प्रयास गरेका छन् ।
ओली समुह संयुक्त विद्यार्थी संगठनको प्रदर्शन विरुद्ध प्रतिकारमा उत्रेपछि अवस्था निकै तनावपूर्ण बनेको थियो । प्रहरीको बाक्लो उपस्थिति र कडा सुरक्षाका कारण ठूलो झडप हुन पाएन ।

संयूक्त विद्यार्थीहरुले जनकपुरधामको रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भई समापन भएको थियो । समापनको क्रममा ओली समुहका यूवाहरु विद्यार्थीमाथि पटक पटक जाई लाग्ने प्रयास गरेको अखिल क्रान्तिकारी धनुषाका विद्यार्थी नेता मनिष यादवले आरोप लगाए ।
जसपाको भ्रातृ संगठन समाजवादी विद्यार्थी संघ धनुषाका सचिव बलिराम कापरीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दुई पटक प्रतिगामी कदम चालेको र अझै पनि देशलाई बर्बाद पार्ने षडयन्त्रमा उद्धत रहेकाले आफूहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेको बताए ।
आजको प्रदर्शनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियू धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी संगठन सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण