भरतपुर महानगरले किसानलाई दियो धान रोप्ने अत्याधुनिक मेसिन
भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राइस टान्सप्लान्टर) किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फर्मलाई एउटा मेसिन हस्तान्तरण गरिएको हो । भरतपुर महानगर २६ को दिव्य नगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेणु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरिन् । हस्तान्तरणसँगै मेयर दाहाल र उपमेयर ठकुरीले मेसिन मार्फत खेतमा धान रोपेका थिए ।
चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको मेयर दाहालको भनाई थियो ।
महानगर सधै कृषकको साथमा रहेको बताउँदै दाहालले यो वर्षबाट दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैया अनुदान समेत दिने निर्णय भएको बताइन् । २२ लाख ५० हजारमा खरिद गरिएको सो मेसिनले धान रोप्दा लागत आधा घट्ने बताइएको छ । मानिसको प्रयोगबाट १ बिगाहामा रोपाई गर्दा १५ हजार बढि खर्च हुने र मेसिनमार्फत रोपाई गर्दा ७ देखी ८ हजारभन्दा बढि लागत नपर्ने कृषि विज्ञ मित्रराज दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण