नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
मङ्गलबार, ०५ साउन २०८३, १३ : १३
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबिच आज काठमाडौँमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची, प्रतिष्ठानको अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका विषयमा छलफल भएको छ ।
छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का, डा मोहनकुमार शर्मा, डा खगनाथ अधिकारी, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी थिए ।
प्रतिष्ठान र विश्वविद्यालयबिच गत माघ २६ गते आपसी सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण