जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
सारांश
- कोलकाता उच्च अदालतले बलात्कारको अभियोगमा आईपीएल खेलाडी अभिषेक पोरेललाई पक्राउ गर्न आदेश दिएको छ।
- पोरेलमाथि विवाहको प्रलोभनमा पारी शारीरिक सम्बन्ध राखेको र निजी भिडियो रेकर्ड गरेको आरोप छ।
- अदालतले अभियोजनका लागि पोरेलका इलेक्ट्रोनिक उपकरणहरू जफत गर्न र पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ।
कोलकाता । कोलकाता उच्च अदालतले बलात्कारको मामिलामा आईपीएलका क्रिकेट खेलाडी अभिषेक पोरेललाई पक्राउ गर्न आदेश दिएको छ।
अदालतले कथित निजी तस्बिर तथा भिडियोहरू सार्वजनिक हुनबाट रोक्न पोरेलका इलेक्ट्रोनिक उपकरणहरू जफत गर्न प्रहरीलाई निर्देशन दिएको हो।
बंगालका २३ वर्षीय विकेटकिपर ब्याटर पोरेलमाथि एक महिलाले विवाहको प्रलोभन देखाई शारीरिक सम्बन्ध राखेको र ती निजी क्षणहरूको भिडियो रेकर्ड गरेको आरोप लगाएकी छन्। पोरेलमाथि धम्की दिएको आरोप पनि छ।
उनी बंगालका लागि ११६ र आईपीएल टोली दिल्ली क्यापिटल्सका लागि ३५ खेल खेलिसकेका खेलाडी हुन्। उनलाई दिल्लीले ४ करोड रुपैयाँमा टोलीमा राखेको थियो।
महिलाको उजुरी अनुसार पोरेलसँग उनको चिनजान जनवरी २०२३ मा भएको थियो। पोरेलले मङ्कुन्डुस्थित आफ्नो फ्ल्याटमा लगेर विवाहको आश्वासन दिई शारीरिक सम्बन्ध राखेको महिलाको आरोप छ। पछि ती आरोपीको अन्य महिलाहरूसँग पनि सम्बन्ध रहेको उनले थाहा पाएकी थिइन्।
आफूलाई गैरकानुनी रूपमा थुनेर राखिएको, खाना नदिइएको र एक्ल्याइएको आरोप पनि महिलाले लगाएकी छन्। २ अप्रिल २०२६ मा दिल्लीमा भएको घटनापछि आफ्नो शारीरिक अवस्था बिग्रेको र तत्काल उपचार गराउनुपरेको उनले बताएकी छन्। उनले फोन र सामाजिक सञ्जालमार्फत धम्की आइरहेको पनि उल्लेख गरेकी छन्।
अदालतले अनुसन्धानका क्रममा एउटा पेनड्राइभ जफत गरिएको र त्यसमा महत्त्वपूर्ण डिजिटल सामग्री हुन सक्ने जनाएको छ। त्यसैले आरोपीलाई पक्राउ गर्न र उनका इलेक्ट्रोनिक उपकरण जफत गर्न आवश्यक रहेको अदालतको ठहर छ, जसले गर्दा कथित आपत्तिजनक डाटा अगाडि सेयर हुनबाट रोक्न सकियोस्।
प्रहरीले आरोपीलाई समात्ने प्रयास गरिरहेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको उच्च अदालतले जनाएको छ। अदालतले आरोपीको गिरफ्तारी र डिजिटल प्रमाणहरू सुरक्षित गर्नका लागि कारबाही तीव्र पार्न प्रहरीलाई निर्देशन दिएको छ।
क्रिकेटर पोरेलले भने यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। आफूविरुद्ध उजुरी दर्ता भएको भए पनि ती आरोपहरू पूर्ण रूपमा झुटा रहेको उनले बताएका थिए। यो मामिला २३ जुन २०२६ मा मोगरा प्रहरी स्टेसनमा दर्ता भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण