काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा बस चलाउन दिनेबारे छलफल
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए ।
उनले भने– ‘निषेधाज्ञालाई कुन स्वरुपमा लैजानेबारे ब्यापक छलफल भएको छ । केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ । सार्वजनिक सवारी जोर बिजोर प्रणालीबाट सञ्चालन गर्नेबारे हाम्रो जिल्लामा छलफल भएको छ । के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । भोलि बिहान १० बजेपछि एकछिन बसेर निर्णय गर्ने कुरा भएको छ ।’
कोरोना संक्रमणदर केही कम भएपछि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई अझै खुकुलो बनाएर जाने तयारी थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण