भोलि कर्णालीका ९ जिल्लामा सार्वजनिक विदा
भोलि मंगलबार कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक विदा दिइएको छ । धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।
सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जुम्ला जिल्ला बाहेकका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको छ।
गत वैशाख १ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषदले धान दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशमा हालसम्म झण्डै ५० प्रतिशत रोपाइ सकिएको छ। जेठ अन्तिम सातादेखि रोपाइँ गर्न शुरु भएको र हाल सम्म झण्डै ५० प्रतिशत जति कर्णालीमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
निर्देशनालयका अनुसार सुर्खेत र दैलेख बाहेक अन्य जिल्लाहरुमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएका छन् ।
प्रदेशको ४१ हजार पाँच सय पाँच हेक्टर धान हुने जमिनमध्ये हालसम्म २० हजार चार सय १९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायाले जानकारी दिए ।
उनले भने ,‘ सुर्खेतमा दुई हजार ६५० अर्थात २० प्रतिशत र दैलेखमा दुई हजार ९३५ अर्थात ४५ प्रतिशत धान रोपाई सकिएको छ ।
प्रदेशका जाजरकोटमा दुई हजार ४३१ (६५ प्रतिशत), सल्यानमा दुई हजार २४३ (६० प्रतिशत), रुकुम पश्चिम एक हजार ९८१ (६५ प्रतिशत), कालिकोट दुई हजार २२७ (७० प्रतिशत), र जुम्लामा दुई हजार ६१० (९० प्रतिशत) धान रोपाई सकिएको छ । यस्तै, मुगुमा ६३२ (७० प्रतिशत), हुम्लामा ४८८ (८० प्रतिशत) र डोल्पामा २२१ (८० प्रतिशत) रोपाई सकिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण