ओलीका टिप्पणी सही भए जनताको अदालतमा उभिन तयार छौं: माधव नेपाल
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा बोल्दै नेपालले अहिले भइरहेको लडाई व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्धको लडाई भएको पनि बताए । उनले आगामी दिनमा भएका त्रुटिहरु मनन गरेर अघि बढ्ने पनि बताए ।
नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिको ध्यान दिन आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले नेताहरुको नामै काडेर गरेको टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार भएको बताए ।
कार्यक्रममा जसपाका नेता अशोक राईले कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने बताए । उनले विपक्षीहरूको गठबन्धन रहर र लहडले नबनेको भन्दै आवश्यकताले बनेकाले यसलाई टिकाउने बताए । ‘गठबन्धन रहर र लहडले बनेको होइन, आवश्यकताले बनेको हो, त्यसैले यसलाई हामी टिकाउँछौ’ राईको भनाइ छ ।
राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले पनि केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध एक भएर लड्ने र गठबन्धन पछिसम्म पनि एक भएरै जाने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण