प्रदेश १ को बजेट अधिवेशन बैठक फेरि स्थगित
प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि माओवादी सांसदहरुले नमानेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख भण्डारीले जानकारी दिए । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसद विरुद्ध व्यक्तिगत गाली गलौज गरेको भन्दै तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग माओवादी सांसदहरुले राख्दै आएका छन् ।
मंगलबारको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८–७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण