नेप्सेमा थप ४.१३ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा झर्यो
केहि दिनयता निरन्तर ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार थप ४.१३ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २ हजार ८२३.८८ विन्दुमा झरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.३२ अंकले घट्दै ५२२.३८ मा झरेको नेप्सेले जनाएको छ । गत मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ४७.४९ अंकले घट्दै २ हजार ८२८ विन्दुमा झरेको थियो । त्यसो त यता नेप्से परिसूचक दिनानुदिन क्रमशः घटिरहेका बेला उता कारोबार रकममा समेत तिब्र गिरावट आइरहेको छ ।
नेप्सेका अनुसार आज सेयर कारोबारमा तिब्र गिरावट आई ५ अर्ब ८३ करोड बराबरको मात्र कारोबार भएको छ । यसदिन सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड ३७ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ भने सबैभन्दा कम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण