‘जुठे’ अब नियमित हुने
बुधबार, १६ असार २०७८, २० : ०८
निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् । ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित हुन्छ ।’
राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ ।
योगेश काजीको संगीत रहेको श्रृङ्खलामा राहुल राई र घनश्याम पोखरेलको छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण