‘जुठे’ अब नियमित हुने
बुधबार, १६ असार २०७८, २० : ०८
निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् । ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित हुन्छ ।’
राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ ।
योगेश काजीको संगीत रहेको श्रृङ्खलामा राहुल राई र घनश्याम पोखरेलको छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् । सिरियलले धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम सम्भव छ : राष्ट्रपति बाइडेन
-
करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
-
कोलकाता नाइट राइडर्स बन्यो आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली
-
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको स्थलगत अनुगमन, के छ अवस्था ?
-
५१ औँ दिनमा ‘महाजात्रा’
-
फिल्म ‘बाटो : रोड टु डेथ’ जेठ ३२ मा प्रदर्शन हुने