बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ठुलो दाईको फूलमाला’ मा सरोज र आष्माको रोमान्स

शुक्रबार, १८ असार २०७८, १६ : २२
शुक्रबार, १८ असार २०७८

मेलिना राई र आरसी रिमालको स्वर रहेको गीत ‘ठुलो दाइको फूलमाला’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा शब्द तथा संगीत दीपक सिलवालले दिएका छन् । 

माया प्रेमको चर्चा गरिएको रोमान्टिक शैलीमा तयार गीतमा सरोज अधिकारी, आष्मा विश्वकर्मा, शिशिर भण्डारी, रीता कट्टेल लगायतको अभिनय देख्न सकिन्छ । डान्सिङ शैलीमा निर्माण भएको भिडियोमा कोरियोग्राफरले निकै आकर्षक डान्सिङ स्टेप प्रयोग गरेका छन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी तथा निर्देशन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप