भक्तपुरको ठिमीमा लडेर महिलाको मृत्यु
भक्तपुरमा एक महिलाको लडेर मृत्यु भएको छ । शनिबार राती मध्यपुर थिमी नगरपालिका १ लोकन्थली, रमाइलो चोकमा निर्माणाधीन घरको माथिल्लो तलाबाट खसेर ३० वर्षकी लीला सदाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार राजु श्रेष्ठको ४ तले निर्माणाधीन घरमा बस्दै आएकी महिलाको मृत्यु भएको हो । घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेका सिन्धुली दूधौली घर भएका राम कुमार सदा, श्रीमती लीलाको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बेलुकाको खाना खाएर लीला छतमा सुत्न जान्छु भनि गएकोमा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट अचानक भुईतलामा खस्न गई घटनास्थलमा नै मृत्यु भएको खबर प्रहरीलाई आयो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेर लाश जाँच प्रकृति मुचुल्का गरेको थियो ।
‘शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र यसबारेमा थप अनुसन्धान कार्य भइरहेको छ’ डीएसपी गिरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण