भक्तपुरको ठिमीमा लडेर महिलाको मृत्यु

भक्तपुरमा एक महिलाको लडेर मृत्यु भएको छ । शनिबार राती मध्यपुर थिमी नगरपालिका १ लोकन्थली, रमाइलो चोकमा निर्माणाधीन घरको माथिल्लो तलाबाट खसेर ३० वर्षकी लीला सदाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार राजु श्रेष्ठको ४ तले निर्माणाधीन घरमा बस्दै आएकी महिलाको मृत्यु भएको हो । घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेका सिन्धुली दूधौली घर भएका राम कुमार सदा, श्रीमती लीलाको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बेलुकाको खाना खाएर लीला छतमा सुत्न जान्छु भनि गएकोमा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्याङबाट अचानक भुईतलामा खस्न गई घटनास्थलमा नै मृत्यु भएको खबर प्रहरीलाई आयो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थल पुगेर लाश जाँच प्रकृति मुचुल्का गरेको थियो ।
‘शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको र यसबारेमा थप अनुसन्धान कार्य भइरहेको छ’ डीएसपी गिरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध