सेयर बजारमा अनपेक्षित गिरावट, कारोबार रकम ४ अर्बमा ओर्लियो
सोमबार, २१ असार २०७८, १५ : ३५
लगातारको गिरावटपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा अनपेक्षित संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने साढे ४ अर्ब अर्थात् ४ अर्ब ५८ करोड हारहारीमा मात्र भएको हो ।
आज कुल २२४ कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी लगायत अन्य समूह धनात्मक (पोजेटिभ) हुँदा अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।
गत आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको थियो भने बजारमा ५ अर्ब ५ करोड ३५ लाखको सेयर कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण