नेप्सेमा २३.७६ अंकको सुधार, कारोबार रकम भने अझैं बढ्न सकेन
बिहीबार, २४ असार २०७८, १५ : ५१
झण्डै एक महिना लामो लगातारको गिरावटपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम २३.७६ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको छ ।
गत बुधबार नेप्से १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको थियो । आज भने ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुगेको छ । यसदिन व्यापार र अन्य समूह बाहेक सबैजसो समूहहरु धनात्मक (पोजेटिभ भएका छन् । यद्यपि, आज सबैजसो समूहहरु धनात्मक हुँदा पनि कारोबार रकम भने अझैं ५ अर्ब पुग्न सकेको छैन ।
नेप्सेकाअनुसार आज कुल २२३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ५१ हजार ८६८ पटक किनबेच हुँदा जम्मा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको मात्र कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण