बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ जना बेपत्ता

बिहीबार, २४ असार २०७८, १९ : ०४
बिहीबार, २४ असार २०७८

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३–३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला,अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जना रहेका छन् । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १–१ जना गरी जम्मा ७ जना रहेका छन् ।
बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ७१ जना घाइते भएका छन् ।

तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५–५ जना, धनुषा र सर्लाहीमा ४–४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २–२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १–१ जना रहेका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरिएको र केहीको उपचार जारी रहेको जनाइएको छ ।  बाढीपहिरोमा परी २९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन्।

वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको समेत प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८–८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४–४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् ।

त्यस्तै बाढीका  कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । डुबानमा परेर ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीको भनाई छ । बाढी र पहिरोमा परेर ८ सय ५९ वटा पशु चौपायाको समेत मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप