प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित
प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ ।
प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्तारुढ दल एमालेकै प्रदेशसभा सदस्यहरूले कडा आलोचना गरेका थिए ।
मुख्यमन्त्री र मन्त्रीहरूले बजेट आ–आफ्नो अनुकूल ल्याएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । प्रदेशसभा बैठकमा मन्त्रालयगत छलफल हिजो सकिएको थियो । त्यसपछि शुक्रबारको बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए ।
मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा सदस्यहरूले बजेटका थुप्रै सकारात्मक पक्ष हुँदाहुँदै स–साना नकारात्मक पक्षहरुलाई खोजी खोजी उछालेको भन्दै असन्तुष्टि जनाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङले असार १ गते आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण