मानसिक अस्पतालका डाक्टर बाँसबारीस्थित होटलमा मृत फेला
आइतबार, २७ असार २०७८, २२ : ०८
ललितपुरको पाटनस्थित मानसिक रोग अस्पतालका डाक्टर सुदिप अर्याल मृत फेला परेका छन् ।
काठमाडौंको बाँसबारीस्थित पूर्वेली होटलमा डा.अर्याल मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आइतबार विहान डा.अर्याल सो होटलमा गएका थिए । घटनास्थलमा रहेको उनको झोलामा सल्फस नामको विषादीको बट्टा फेला परेको छ ।
होटलमा पुगेर उनले ब्रेकफास्ट अर्डर गरे । ब्रेकफास्ट लिएर होटलका स्टाफ पुग्दा उनि घोप्टो परेर पल्टिएका थिए । होटल सञ्चालकले खबर गरेपछि प्रहरी पुग्दा उनी मृत फेला परेका थिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण