यूरो २०२० को सर्वाधिक गोलकर्ता ‘आत्मघाती गोल’ !
युरो २०२० मा पाँच गोल गरेका क्रिस्टियानो रोनाल्डोले ‘गोल्डन बुट’ जित्न सफल भए । तर, अनौठो रुपमा यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने ‘आत्मघाती गोल’ रह्यो ।
युरोको यस संस्करणमा कूल ११ वटा आत्मघाती भए । रोचक कुरा, युरोपियन च्याम्पियनसीपका पछिल्ला १५ संस्करणमा एकमुस्ट ९ वटा मात्र आत्मघाती गोल भएका थिए । पछिल्लो पटक एकै संस्करणमा सर्वाधिक ३ वटा मात्र आत्मघाती गोल भएका थिए, सन् २०१६ मा ।
Own goals in #Euro2020: 11.
— Nick Harris (@sportingintel) July 7, 2021
Own goals at the Euros of 1960, 1964, 1968, 1972, 1976, 1980, 1984, 1988, 1992, 1996, 2000, 2004, 2008, 2012 & 2016, combined: 9.
यो संस्करणमा भने गोलकिपरदेखि डिफेन्डर र मिडफिल्डरसम्मले आत्मघाती गोल गरे । यस संस्करणको पहिलो गोल नै आत्मघाती भएको थियो । पहिलो खेलमा इटालीविरुद्ध टर्कीका मेरिह डेमिरालले आत्मघाती गोल गरेका थिए । प्रतियोगिता इतिहासमा नै पहिलो पटक शुरुवाती गोल आत्मघाती भएको यो पहिलो अवसर थियो ।
त्यसपछि वोजिएक सिजेस्नी, उनाइ सिमोन, म्याट हमल्स, पेड्री सिमोन क्जायर लगायतले आत्मघाती गोल गरे । युरो २०२० सधैँ यसमा भएका आत्मघाती गोलका लागि याद रहिरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
