शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यूरो २०२० को सर्वाधिक गोलकर्ता ‘आत्मघाती गोल’ !

सोमबार, २८ असार २०७८, ११ : ४१
सोमबार, २८ असार २०७८

युरो २०२० मा पाँच गोल गरेका क्रिस्टियानो रोनाल्डोले ‘गोल्डन बुट’ जित्न सफल भए । तर, अनौठो रुपमा यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने ‘आत्मघाती गोल’ रह्यो ।

​युरोको यस संस्करणमा कूल ११ वटा आत्मघाती भए । रोचक कुरा, युरोपियन च्याम्पियनसीपका पछिल्ला १५ संस्करणमा एकमुस्ट ९ वटा मात्र आत्मघाती गोल भएका थिए । पछिल्लो पटक एकै संस्करणमा सर्वाधिक ३ वटा मात्र आत्मघाती गोल भएका थिए, सन् २०१६ मा ।

यो संस्करणमा भने गोलकिपरदेखि डिफेन्डर र मिडफिल्डरसम्मले आत्मघाती गोल गरे । यस संस्करणको पहिलो गोल नै आत्मघाती भएको थियो । पहिलो खेलमा इटालीविरुद्ध टर्कीका मेरिह डेमिरालले आत्मघाती गोल गरेका थिए । प्रतियोगिता इतिहासमा नै पहिलो पटक शुरुवाती गोल आत्मघाती भएको यो पहिलो अवसर थियो ।

त्यसपछि वोजिएक सिजेस्नी, उनाइ सिमोन, म्याट हमल्स, पेड्री सिमोन क्जायर लगायतले आत्मघाती गोल गरे । युरो २०२० सधैँ यसमा भएका आत्मघाती गोलका लागि याद रहिरहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप