बुस्टरका नाममा अनावश्यक खोप नलगाउन धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह
मङ्गलबार, २९ असार २०७८, १२ : ४५
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् ।
कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डा. अधानोमले यस्तो बताएका हुन् ।
सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा तीव्र रूपमा फैलिँदै गएकाले नियमित प्रेस ब्रिफिङमा सुरुमा सबैलाई कम्तीमा पहिलो खोप लाग्नुपर्नेमा उनले जोड दिए ।
अझै पनि कतिपय देशमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे । विश्वव्यापी रूपमा खोपको उपलब्धता ठुलो खाडल रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण