सर्वोच्च अदालतको फैसला सकारात्मक : नेकपा (क्रान्तिकारी माओवादी)
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकुशता र अहंकरवादमाथि यस फैसलाले अंकुश लगाएको बताएको छ । यद्यपि सो पार्टीले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका संकटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन नसक्ने बताएको छ ।
पार्टी प्रवक्ता प्रतिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका सङ्कटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन सक्दैन । यहाँ प्रश्न कुनै व्यक्ति विशेषका गल्ती कमजोरी वा दोषको मात्र होइन, अपितु समग्र सत्ता र व्यवस्था कै हो ।’
सो पार्टीले वर्तमान राजनीतिक सङ्कट समस्याहरूको समाधानका लागि वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि संयुक्त सङ्घर्ष अपरिहार्य रहेको ठहर समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण