सुर्खेतबाट लागुऔषध र नगदसहित एक व्यक्ति पक्राउ
सुर्खेत प्रहरीले लागु औषध (ब्राउन सुगर) र नेपाली तथा भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं.–११ पिपिरा बस्ने बर्ष ४२ को लिलाराम पुरी रहेका छन् ।
उनलाई आफ्नो घर अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर चेक जाँच गर्दा दाँया हातको मुठ्ठी भित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाई छिपाई राखेको २ पुडिया ला.औ.(ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ।
उनको घरकोठा समेत खान तलासी गर्दा खाटमा रहेको बिस्तरा मुनी पनि कालो प्लाष्टिको १ पोका, सेतो झिलझिलेको १ पोका फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
सबै नापतौल गर्दा १ ग्राम १८० मि.ग्रा. लागु औषध (ब्राउन सुगर) र बिभिन्न दरका नेपाली तथा भारतिय नोट गरी ५० हजार ३४० रुपैयाँ जफत गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण