गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच बजेट पारित
गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।
प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः शुरु भएको बैठकमा पनि एमालेले बेल घेराउ गरेपछि प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेडाघचेड भएको थियो । आफूहरुको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिष्कार गरेको थियो । प्रतिपक्ष पार्टी एमालेले राखेका मागका बारेमा कुनै छलफल नै नगरी सरकारले एकलौटी रुपमा पेलेर बजेट पारित गरेको हो । गण्डकी प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरेका थिए । त्यसपछि संसदमा ठेलमठेल र नाराबाजीका बीच बजेट पारित गरिएको हो ।
प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पुर्याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिएका थिए । त्यसपछि पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण