ट्रकको ठक्करबाट असईको मृत्यु
रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो । राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
प्रदेश २–०३–००१ ख.७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
यसैबीच गौर चन्द्रपुर सडक खण्डको वीरेन्द्र राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजना घाइते भएका छन् । बुधबार गौर आउँदै गरेको ना.५९ प १९९५ र बिपरित दिशाबाट जाँदै गरेको ना ४९ प ६४१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका हुन् । घाइते हुनेमा गरुडा नगरपालिका ४ बस्ने २४ वर्षीय शशिकान्त कुमार साह, पिपरा भलोहिया बस्ने २४ वर्षीय राजेश कुमार बैठा , २५ वर्षीय अजयकुमार सिंह र २४ वर्षीय राहुलकुमार साह रहेका छन् ।
यसैबीच दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका शशिकान्तलाई नेसनल मेडिकल कलेज वीरगञ्जबाट आज थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लगिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण