साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको बृद्धि
साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ । गत बुधबार झिनो (१.०१) अंकले बृद्धि भएको नेप्से बिहीबार ११.३३ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलब ३८ बिन्दुमा पुगेको छ ।
यसदिन ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत १.९३ अंकले बढेर ५४१ दशमलव ३१ विन्दुमा उक्लिएको छ । नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका ५ करोड ८५ लाख कित्ता माथिको सेयर ७३ हजार २७२ पटक बजारमा किनबेच हुँदा अधिकतम ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत बुधबार बजारमा ५ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । आज बैंकिङ्ग, ट्रेडिङ्ग, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) रहेका छन् भने, ‘होटल तथा पर्यटन, विकास बैंक, म्यानु एण्ड प्रो,जीवन बीमा, लगानी र अन्य क्षेत्रहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण