आयोगमा जसपाको आधिकारिकतासम्बन्धी विवादमा बहस जारी
आइतबार, ०३ साउन २०७८, १३ : २९
जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवादको बारे निर्वाचन आयोगमा बहस चलिरहेको छ । आयोगले गठन गरेको इजलासमा दुवै तर्फबाट बहस चलिरहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए । बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ । दुवैतर्फका अधिवक्ताले आ–आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो निवेदन दिएपछि आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएको थियो । दुवै पक्षले पार्टी अलग गर्ने भनि पत्रमा हस्ताक्षर गरेपछि आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधानका लाग इजलास गठन गरी बहस सुरु गरेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
