नेपालमा रेनो काइगर गाडीको बिक्री सुरु,आजबाट बुकिङ खुल्दै
डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनो नेपालका अनुसार द अल–न्यू काइगरको नेपाली मूल्य रु २८।४९ लाख घोषणा गरेको हो । आइतबारदेखि नेपालका सम्पूर्ण सो रुमहरुमा यो मूल्य कार्यान्वयन गरिएको रेनो नेपालले जनाएको छ ।
यस उत्कृष्ट मूल्य निर्धारणको साथ रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ । रेनो काइगरको लागि बुकिङ्ग आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु हुँदैछ ।
रेनो इन्डिया अपरेशनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार ‘रेनो काइगर आधुनिक एसयूभी हो, जुन बजारका लागि पर्फेक्ट फिट हो । यसले हाम्रो इनोभेसन, क्रिएटिभिटी, कस्टोमर अन्डरस्ट्यान्डिङ र सबैभन्दा माथि हामो ध्यानलाई गाडीहरु बनाउनमा एक बेजोड मूल्यको प्रस्ताव गर्न केन्द्रित गराउँदछ । रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो व्हीलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पुर्याउँछ । धेरै स्मार्ट गुणहरु सहित लोड रहेको काइगरले हाम्रो एसयुभीको लिगेसीलाई सुदृढ पार्नेछ र यसको लन्चको साथ हामी रेनो परिवारमा अधिक ग्राहकहरुलाई स्वागत गर्न तत्पर छौँ ।’
त्यस्तै विशाल ग्रुपका प्रबन्ध निर्देशक श्री निकुञ्ज अग्रवालले भने, ‘नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतिक्षा गरिएको गाडी हो । हामी हाम्रा ग्राहकहरुलाई रेनो काइगरको आगमनबारे सूचित गर्न पाँउदा निकै खुसी छौँ । हामी रेनो काइगरको स्टनिंग डिजाइन र आधुनिकसँगै स्मार्ट सुविधाहरुले आफ्ना अपेक्षाहरु पूरा गर्नेछ भन्ने कुरामा आशावादी छौँ । ग्राहकहरुको विस्तृत सेटको बढ्दो एसयूभीको आकांक्षा पूरा गर्ने दृष्टिकोणको साथ हामीले रेनो काइगर आकर्षक मूल्यको रहेको कुरा सुनिश्चित गरेका छौँ र हामी यस न्यू गेम चेन्जरको साथ हाम्रो एसयूभीको लिगेसी सुदृढ पार्न लागि पार्नेछौँ ।’
रेनो काइगरले आफैलाई एक स्टनिंग, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिंग डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ, जसले रेनो काइगरलाई एक सही एसयुभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
लाभको बाँडफाँटसम्बन्धी बहस जायज
-
संरक्षण क्षेत्रको नीतिमा व्यापक सुधार आवश्यक
-
पेन्टागनले चुपचाप सच्यायो हताहतको विवरण, मृतक र घाइते अमेरिकी सैनिक ६ सय नाघे
-
सुनसरीमा झडप : सचेतक परियारद्वारा संयम अपनाउन र निष्पक्ष छानबिन गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण