रचनात्मक प्रतिपक्षको भूमिकामा बस्छौँ : प्रदीप ज्ञवाली
आइतबार, ०३ साउन २०७८, १८ : ५४
पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा रहने प्रस्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसदसमेत रहेका उनले राष्ट्रियताको सवालमा चौबीसै घण्टा आँखा झिमिक्क नपारी नियालिरहने बताए ।
‘अहिले देख्नुभयो होला नि, प्रतिपक्ष कस्तो हुनुपर्ने रहेछ,’ उनले आजकै प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न अध्यादेश पेस गर्न प्रतिपक्षले सघाएकोतर्फ संकेत गर्दै भने । उनले यसअघि केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा अध्यादेश पेस गर्न खोज्दा प्रतिपक्षी दलले अवरोध गरेकोमा असन्तुष्टिसमेत जनाए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि राख्दै आफूहरुले विश्वासको मत दिन नसक्ने पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण