केही नेताले देउवालाई विश्वासको मत दिएर अक्षम्य अपराध गरे : ईश्वर पोखरेल
नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरुले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् । आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए ।
सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।
महासचिव पोखरेलले भने, ‘हाम्रो पार्टीको राजनीतिक, सांगठनिक जीवनमा यति अप्रिय घटनाहरु पनि घट्दैछन् हिजो मात्रै हामीले देख्यौँ, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमाले भित्रका कतिपय व्यक्तिहरुले गर्नुभएको छ । यो पार्टीको राजनीतिक, सांगठनिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भिर रुपमा लिएका छौं ।’
महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण