डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
सोमबार, ०४ साउन २०७८, १८ : ३५
सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा सरकारले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प्राविधिकतर्फको (स्वास्थ्य सेवा) सचिव पद रिक्त थियो । तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ मा प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण